पहिरो पीडितहरुलाई राहत सामग्री

– लायन्स क्लवद्वारा हस्तान्तरण
लोकखबर
२०८३ भाद्र ९, मंगलवार ००:५०

बिदुर – भीषण वर्षात्का कारण नुवाकोटको पुर्वी भेगमा रहेको पञ्चकन्या गाउँपालिकामा पहिरोका कारण पीडित भएकाहरुलाई राहत सामग्री प्रदान गरिएको छ ।पहिराले उक्त गापाको विभिन्न स्थानमा सर्वसाधारणको घर, गोठ, सडक पूर्वाधार, खानेपानी, विद्यालय, स्वास्थ्य चौकीमा ठूलो क्षति गर्नुका साथै खेतीयोग्य जमिन कटान गरेको अवस्थामा सोमवार राहत सामग्री उपलव्ध गराइएको हो । लायन्स क्लव अफ पन्चकन्याले राहत सामग्री हस्तान्तरण गरेको हो ।

खाद्यान्न, कपडालगायतका सामग्रीहरू क्लवका अध्यक्ष रमेश तामाङले पन्चकन्या गापा अध्यक्ष तेजबहादुर तामाङ रमेश, प्रमुख प्रशासकीय अधिकृत हिराधन राई लाई हस्तान्तरण गरेका हुन् । यहि भदौ ४ र ५ गते परेको भीषण वर्षाका कारण पञ्चकन्या गापाको विभिन्न स्थानमा पहिरो जानुका साथै तथा पशु चौपायाको क्षति हुनुका साथै सर्वसाधारणको घर, गोठ, टहरो, सडक पूर्वाधार, खानेपानी, विद्यालय, स्वास्थ्य चौकी तथा खेतीयोग्य जमिन कटान गरेको विपद्को कठिन समयमा प्रभावित नागरिकहरूको पीडामा साथ दिँदै लायन्स क्लब अफ पञ्चकन्याले राहत सामग्री सहयोग गरेको हो ।

विपद्को समयमा प्रभावित नागरिकलाई राहत तथा सहयोग प्रदान गरेकोेमा लायन्स क्लब अफ पञ्चकन्याप्रति गापा अध्यक्ष तेजवहादुर तामाङ रमेशले धन्यवाद तथा आभार व्यक्त गरेका छन् । उनले गाउँपालिका भित्रको वास्तविक अवस्थाबारे जानकारी गराउँदै प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पूर्वाधारहरूको अस्थायी व्यवस्थापनको कार्य दुवै चरणमा तीव्रताका साथ भइरहेको र क्षति पुगेका संरचनाहरूको दिगो पुनर्निर्माण तथा पीडित परिवारहरूको दीर्घकालीन पुनर्वहालीका लागि गाउँपालिका पूर्ण प्रतिबद्धताका साथ लागिपरेको बताए ।


सर्वाधिक रुचाइएको