शिक्षकको निधनमा विद्यालय बिदा
बिदुर – नुवाकोटको बेलकोटगढी नगरपालिकाको शिक्षा शाखाले शिक्षकमो निधनमा विद्यालयमा शोक विदा दिएको छ । बेलकोटगढी नपा ६ मा रहेको मालिका माविका शिक्षक अर्जुनकुमार रिमालको असामयिक निधन भएकोप्रति शोक व्यक्त गर्दै मंगलबार बेलकोटगढी नपाभित्रका सम्पूर्ण शैक्षिक संघ–संस्थामा शोक बिदा दिने निर्णय गरेको हो ।

प्रशि तृतीय स्थायी शिक्षक रिमालको उपचारका क्रममा यहि भदौ ७ गते असामयिक निधन भएको थियो । उनको निधनले बेलकोटगढी नगरपालिकाको शैक्षिक क्षेत्रमा अपूरणीय क्षति पुगेको बेलकोटगढी नपाले जनाएको छ ।

बेलकोटगढी नपाले सोमवार गरेको निर्णयअनुसार भदौ ९ गते मंगलबार बेलकोटगढी नपाभित्रका सम्पूर्ण शैक्षिक संघ–संस्थामा शोक बिदा दिने निर्णय गरिएको शिक्षा अधिकृत प्रेमकुमार पुरीद्वारा जारी सूचनामा उल्लेख छ । नपाले मृतक शिक्षक रिमालको असामयिक निधनले शिक्षा क्षेत्रमा क्षति पुगेको जनाएको छ ।











































