बेलिव्रिज सन्चालनसंगै आवातजावत

– पीडितसहित सर्वसाधारणलाई सुविधा
लोकखवर विशेष संवाददाता
२०८३ भाद्र २६, शुक्रबार २२:३०

बिदुर – भोटेकोशी नदीवाट रसुवागढी नाका हुदैँ त्रिशूली नदीमा आएको अकल्पनीय बाढीले नुवाकोटको देवीघाटमा पुल वगाएपछि अवरुद्ध त्रिदेशिय सडकमार्ग बेलिव्रिजको निर्माण कार्य सकिएसंगै सुचारु भएको छ । एक सातामा सेनाले बेलिव्रिजको निर्माण कार्य सम्पन्न गरेको हो । नुवाकोटको विदुर नगरपालिका–५ देवीघाट र बेलकोटगढी नगरपालिका–८ जिलिङ जोड्ने तादी खोलामा निर्माण गरिएको एक्रोब्रिज सञ्चालनमा आएसंगे बाढी पीडित तथा सर्वसाधारणलाई सुविधा पुगेको छ ।

निर्माणसंगै अब देवीघाट हुँदै त्रिदेशिय मार्ग तथा धादिङको गल्छी हुदै काठमाडौ र पृथ्वी राजमार्गतर्फ आउजाउ गर्न सहज भएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ । यातायात सहज बनाउन पुल सञ्चालनमा आए पनि यो अस्थायी संरचना भएकाले प्रयोग गर्दा विशेष सावधानी अपनाउन आवश्यक रहेको प्रशासनले जनाएको छ । यहि भदौ १० गते वुधवार भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण क्षति भएको सडक तथा पुल पुनःनिर्माणको क्रममा नेपाली सेनाले ५७ दशमलव ९ मिटर लम्बाइ र पांच दशमलव पांच मिटर चौडाइको ट्रिपल सिंगल रेनफोर्स प्रविधिको पुल निर्माण गरेको सेनाका प्रवक्ता राजाराम वस्नेतले जानकारी दिए ।

उनका अनुसार सो पुलको अधिकतम भार वहन क्षमता ६० टन रहेको र उक्त एक्रो ब्रिज जडान गरी सडक सुचारु भएको छ । उक्त पुल सञ्चालनमा आएसँगै नुवाकोट तथा आसपासका क्षेत्रका नागरिकलाई आवतजावतमा सहजता हुनुका साथै सवारी साधन आवागमनमा सहजता तथा बाढीबाट प्रभावित क्षेत्रमा आवश्यक राहत, उद्धार तथा अत्यावश्यक सामग्रीको ढुवानीमा समेत सहजता भएको छ । भोटेकोशी नदीवाट रसुवागढी नाका हुदैँ त्रिशूली नदीमा आएको अकल्पनीय बाढीले नुवाकोटको देवीघाटमा पुल वगाएपछि अवरुद्ध त्रिदेहिय सडकमार्ग सुचारु गर्न बेलिव्रिजको निर्माण कार्य गरिएको हो । एक साता लगायर सेनाले बेलिव्रिजको निर्माण कार्य सम्पन्न गरेको हो ।

यससंगै बाढीले त्रिदेशिय सडकमार्ग अन्र्तगत रहेको वीरगन्ज–गल्छी–देवीघाट–बिदुर–रसुवागढी सडकखण्डको वीचमा रहेको देवीघाटस्थित तादी खोलामा दुई वटा पुल वगाएपछि बेलिव्रिजको निर्माण कार्य भएसंगे आवागम सुचारु भएको सेनाले गरिरहेको छ । विपत्तिले भत्कायो पुनः आशाको पुल जोड्दैछौँ भन्ने नारासहित तादी खोलामाथिको निर्माण गरिएको उक्त पुलको सरोकारवाला निकायले उद्घाटन गरेका छन् । पुलको निर्माण कार्यसंगै उद्घाटन गरेर यातायात सुचारु गरिएको सेनाले जनाएको छ ।

बेलिव्रिजको निर्माण कार्यमा नेपाली सेनाका इन्जिनियरिङ तर्फका ५५ जनाको टोली सहभागी थिए । उक्त बेलिव्रिजको निर्माण सकेर आवागमन सुरु भएसंगै लाखौं सर्वसाधारण लाभान्वित भएको बिदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ वताए । देवीघाटसंगै त्रिशूली र वेत्रावतिमा बेलिव्रिजको निर्माण कार्य सुरु गरिने जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ ।


सर्वाधिक रुचाइएको