बाढीको शववाट गहना लुट्नेहरु पक्राउ

– कारवाहीका लागि मुद्धा दायर
लोकखबर
२०८३ भाद्र २६, शुक्रबार २२:३६

बिदुर – भोटेकोशी नदीवाट रसुवागढी नाका हुदैँ त्रिशूली नदीमा आएको अकल्पनीय बाढीले मृत्यु भई वगाएर नुवाकोटमा ल्याएको शववाट गहना लुट्नेहरु पक्राउ परेका छन् । प्रहरीले पक्राउ परेकाहरुलाई मुद्धा दायर गरेको छ । बाढीले वगाएर ल्याएको महिलाको शववाट लगाइएका सुनका गहनाहरु लुटेका कारण प्रहरीले नुवाकोटको बिदुर नगरपालिका ३ का पांच जना युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

पक्राउ परेका युवकहरुलाई चोरी अन्र्तगत मुद्धा दायर गरिएको प्रहरी नायव उपरिक्षक इकवाल हवारीले जानकारी दिए । उनका अनुसार उनीहरुलाई हिरासतमा राखेर विशेष अनुसन्धान गर्नका लागि जिल्ला अदालतवाट पांच दिनको म्याद अनुमति लिएर थप अनुसन्धान भइरहेको छ । स्थानीयवासीका अनुसार पक्राउ परेका २० देखि ३० वर्ष उमेरका ति युवकहरुले बाढीले वगाएर ल्याएको महिलाका शवका गहनाहरु देवीघाटस्थित फिर्केपमा रातीको समयमा टर्चलाइट वालेर औंला काटेरसमेत चोरी गरेका हुन् ।

 


सर्वाधिक रुचाइएको