हेभि उपकरणमार्फत बाढीको लेदो हटाइदै

– बाढीग्रस्त क्षेत्रमा दैनिक सरसफाई
लोकखवर विशेष संवाददाता
२०८३ आश्विन ४, आईतवार २१:२५

बिदुर – लेन्देखोलावाट रसुवागढी हुदै भोटेकोशीवाट त्रिशूली नदीमा मिसिएको अकल्पनिय बाढीले नुवाकोटको चार स्थानीय तह प्रभावित गरेको छ । बाढीले बिदुर र वेलकोटगढी नगरपालिका, किस्पाङ र तारकेश्वर गाउंपालिका प्रभावित भएको छ । बाढीले ढुंगे, त्रिशूली, देवीघाट, वेत्रावति, सोले, तुप्चे, महादेवफांटलगायतका स्थानमा हजारौं घर वगाएको छ । बाढीको तनि सातापछि भग्नावेशष रहेका घरको सरसफाईका पीडितहरु जुटेका छन् ।

घर सरसफाईमा हेभि इक्युपमेण्टका साथ स्वंसेवकहरु पनि खटिएका छन् । बाढीको लेदो हटाउने र पन्छाउने कार्य दैनिक रुपमा भइरहेको ढुंगेका बाढी पीडित राजेन्द्र धमलाले वताए । बाढीले भग्नावशेष वनाएको घरमा केहि वचेखुचेका सामान खोज्न र बाढीले जम्मा गरिदिएको लेदो हटाउन पीडितहरु सक्रिय भइरहेका अर्का पीडित नवराज उप्रेतीले वताए । घर खण्डहर जस्तै भएको छ । तर, पनि केहि सामग्रीहरु वचेका छन् कि भनेर सुरक्षित रुपमा सामानको खोजी गरिरहेको उनी वताउंछन् ।

बाढीले क्षतिग्रस्त नुवाकोटकोे ढुंगे, त्रिशूली, देवीघाट, वेत्रावति, सोले, तुप्चे, महादेवफांटलगायतका स्थानमा लेदो माटो र ढुंगा पन्छाउने कार्य जारी रहेको छ । भोटेकोसी बाढीपछि पनि ति स्थानहरुमा दलदले हिलो कायमै रहेका छन् । अझ सफा गरिरहेका वेला माथिवाट आकाशे वर्षात् भएपछि समस्या हुने गरेको अर्का बाढी पीडित सुनील डंगोल वताउंछन् ।

बाढीले क्षति पु¥याएको नुवाकोटको विभिन्न स्थानमा बाढी गएको तनि साता बितिसक्दा पनि दलदले हिलो र भग्नावशेष कायमै छन् । दलदले हिलोका कारण भग्नावेशष रहेका घर सरसफाइमा चुनौती वढेको छ । हिलोले आवतजावतमा समस्या हुनुका साथै प्रभावित क्षेत्रमा सरसफाइ र पुनःस्थापनाको चुनौती अझै चुलिएको छ ।


सर्वाधिक रुचाइएको