लोकदोहोरीमा पशुपति शर्माको नेतृत्व

– ७० सदस्यीय कार्य समिति चयन
लोकखवर मनोरन्जन संवाददाता
२०८३ आश्विन २५, आईतवार १८:०९

बिदुर – राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको नवौँ केन्द्रीय महाधिवेशन सम्पन्न भएको छ । अधिवेसनबाट चर्चित गायक पशुपति शर्माको नेतृत्वमा नया. कार्यसमिति निर्वाचित भएको हो । अधिवेसनले आगामी तीन वर्षे कार्यकालका लागि पशुपति शर्माको अध्यक्षतामा नयां कार्यसमिति चयन गरेको हो । वरिष्ठ उपाध्यक्षमा दीपक खड्का, प्रथम उपाध्यक्षमा सुवास केसी, सङ्गठनात्मक उपाध्यक्षमा राजु ढकाल, प्रशासनिक उपाध्यक्षमा रमेशराज भट्टराई, महिला उपाध्यक्षमा देवी घर्ती, खुल्ला उपाध्यक्षमा श्रीकृष्ण बममल्ल, खुमन अधिकारी, खेम सेञ्चुरी, घनश्याम रिजाल, दीपक गरौजामगर, पुष्कल शर्मा र रविन लामिछानेलाई निर्वाचित गरेको छ ।

अधिवेसनले महासचिवमा शिव हमाल, सङ्गठनात्मक उपमहासचिवमा पीएन सापकोटा, प्रशासनिक उपमहासचिवमा ईश्वरी भुसाल, कोषाध्यक्षमा जुना श्रीषमगर, महिला सचिवमा सम्झना लामिछाने, प्रशासनिक सचिवमा उत्तम शर्मा, सांगठनिक सचिवमा दिनेश काफ्लेलाई चयन गरेको छ । यसैगरी, भूगोलतर्फ बागमती सचिवमा उषा सुवेदी, मधेस सचिवमा कृष्णप्रसाद गौतम, सुदूरपश्चिम सचिवमा नवीनसिंह धामी, गण्डकी सचिवमा प्रकाश भट्ट, लुम्बिनी सचिवमा प्रेम शर्मा, कोशी सचिवमा विष्णु घिमिरे, कर्णाली सचिवमा राजकुमार खत्री, उपत्यका सचिवमा सुजन लम्साल र विदेश सचिवमा सूर्य खड्का चयन भएका छन् ।

अधिवेसनले सङ्गठनात्मक सहसचिवमा कुमार रानामगर, प्रशासनिक सहसचिवमा तीलक परियार, महिला सहसचिवमा मनमाया वाइबा, विदेश सहसचिवमा रेशम निर्दोष, खुल्ला सहकोषाध्यक्षमा कुमार पुनमगर र सम्झना भण्डारी र महिला सहकोषाध्यक्षमा जालुमाया गुरुङलाई निर्वाचित गरेको छ । सदस्यहरूमा अनुज अधिकारी, ईश्वर सिंह, ओबी रायमाझी, कला पंगेनी, नरेश खाती, प्रकाश पराजुली, बालचन्द्र बराल, मदन परियार, मोहन खड्का, युवराज चौलागाईं, रबी कार्की, रामकुमार नेपाली, सपना सुनाम, सुमन परियार, कविता खत्री, कालिका रोका र टीका सानुलाई चयन गरेको छ ।

साथै अन्य सदस्यहरुमा निरु श्रीषमगर, प्रतिमा अर्याल, सुनीता परियार, शान्तारानी परियार, ईश्वरीप्रसाद पन्त (मधेस), तुलसी क्षेत्री (गण्डकी), दिपु मगर (लुम्बिनी), बालकुमार श्रेष्ठ (कोशी), बासुदेव सिंखडा (बागमती), लालबहादुर धामी (सुदूरपश्चिम), हरिमाया कार्की (कर्णाली) र अर्जुन थापामगर (उपत्यका) चयन भएका छन् । तीन दिनसम्म सन्चालित महाधिवेसनमा एकहजार भन्दा वढि लोकदोहोरी गायक गायिकाहरुको सहभागिता रहेको थियो । कुल ७५ सदस्यीय रहने प्रतिष्ठानको पूर्ण वैठकले अन्य पांच जना नयां सदस्य थप गर्ने जनाएको छ ।

अध्यक्षलगायत केहि पद निर्विरोध भएको र केहि पदमा भने मतदान प्रक्रियावाट चयन गरिएको थियो । प्रतिष्ठानको नयाँ कार्यसमितिले लोकदोहोरी क्षेत्रको स्तर वृद्धिमा कार्य गर्ने नवनिर्वाचित अध्यक्ष तथा लोकप्रिय गायक पशुपति शर्माले वताए । प्रतिष्ठान प्रतिलिपी अधिकार र बौद्धिक सम्पत्तिको पक्षमा उभिने उनको भनाई छ । सस्था र कलाकारिता क्षेत्रको हितको लागि अझै शशक्त भएर लागिपर्ने नवनिर्वाचित सचिव प्रकाश भट्टले प्रतिबद्धता जनाएका छन् । उनले कला, संस्कृति र लोकदोहोरीको विकास र प्रवद्र्धन अवको बाटो रहेकोसमेत वताए ।


सर्वाधिक रुचाइएको