पहिरो पीडितहरुलाई राहत सामग्री
बिदुर – दुई महिना अगाडिको पहिरोका कारण नुवाकोटको पन्चकन्या गाउंपालिकाको विभिनन स्थानमा विस्थापित परिवारहरुलाई राहत वितरण गरिएको छ ।बडादशैंको सन्दर्भमा पीडितहरुलाई सुविधा पुगेको छ । अविरल वर्षात्का कारण पहिरो झरेर विस्थापित परिवारलाई पञ्चकन्या गापा कार्यालयले राहत सामग्री वितरण गरेको हो ।

पहिराका कारण विस्थापित भई जोखिममा परी गाउँपालिकाले व्यवस्था गरेको अस्थायी बासस्थानमा बसोबास गरीरहेका पीडित परिवारहरूका आवश्यक राहत सामग्रीहरु हस्तान्तरण गरिएको हो । पञ्चकन्या गापा अध्यक्ष तेजबहादुर तामाङ रमेश, उपाध्यक्ष विमला केसीलगायतले राहत सामग्री वितरण गर्दै विस्थापित परिवारलाई उनीहरूको दैनिक जीवन सहज बनाउन गरिएको यस सहयोगले पीडित परिवारलाई केही राहत पुग्ने अपेक्षा गरिएको वताए । पहिराका कारण विस्थापित भएका परिवारलाई चाडपर्वलाई समेत मध्येनजर गर्दै आवश्यक राहत सामग्री हस्तान्तरण गरिएको हो ।


















































