सकियो पहिलो काठमाडौं फिल्म फेष्टिवल

– कला, संस्कृति तथा सम्पदामा जोड
लोकखवर मनोरन्जन संवाददाता
२०८३ कार्तिक १७, सोमबार २३:००

बिदुर – चलचित्रलाई पर्दामा मात्र सिमित नगरि कला, संस्कृति र सम्पदासँग जोड्ने उद्धेश्यले आयोजित ‘काठमाडौं फिल्म फेस्टिभल’ विभिन्न चलचित्र सम्वन्धि विशेष कार्यक्रम गर्दै सम्पन्न भएको छ । फेष्टिवलले नेपालको चलचित्र अन्र्तराष्ट्रियस्तरमा क्षमतावान रहेको विषय उजागर गरेको छ । तीन दिनसम्म सन्चालित ‘काठमाडौं फिल्म फेस्टिभल’ आइतबार सकिएको हो । सो फेस्टिभलमा विभिन्न कलाकार, चलचित्रकर्मी, सरोकारवाला तथा विभिन्न व्यक्तिको उपस्थिति रहेको थियो ।

काठमाडौं फिल्म फेस्टिभलमा भारतीय कलाकार शबाना आजमी नेपाल आएकी थिइन् । फेष्टिवलमा चलचित्रकर्मीबीच संवाद, कतै कलाकारको जमघट गरिएको हो ।
काठमाडौं महानगरपालिकाले आयोजना गरेको ‘काठमाडौं फिल्म फेस्टिभले’ चलचित्रलाई पर्दामा सीमित नराखी कला, संस्कृति र सम्पदासँग जोड्ने प्रयास रहेको आयोजक तथा कावा मेयर सुनीता डंगोलको भनाई छ । उनले यसवाट चलचित्रको प्रवद्र्धनमा मद्धत पुगेको दावी गरिन् ।

फेष्टिभलमा प्रधान्मन्त्री पत्नि सविना काफ्ले, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, युनेस्को काठमाडौंका प्रमुख जाको दु तोइत, भारतीय दिग्गज अभिनेत्री शबाना आजमी, प्राध्यापक मार्को मुलर तथा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, करिश्मा मनान्धरलगायत सहभागी भएका थिए । वसन्तपुरका सम्पदा क्षेत्रमा सांस्कृतिक प्रस्तुतिलगायत गरिएको सो फेस्टिभलमा विभिन्न देशका चलचित्र प्रदर्शन गरिएका छन् । युनेस्कोको ‘क्रिएटिभ सिटी अफ फिल्म’ को प्रतिष्ठित सदस्यता प्राप्त काठमाडौँ महानगरमा आयोजित सने चलचित्र महोत्सवले नेपाली कला, संस्कृति तथा चलचित्र क्षेत्रको विकास, विमर्श र अन्तर्राष्ट्रिय प्रवद्र्धन गर्ने मुख्य लक्ष्य राखेको छ ।

समारोहमा चलचित्रकर्मी, कलाकार तथा विभिन्न क्षेत्रका ख्यातिप्राप्त व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो । सहभागीहरुले नेपाली मौलिक कथामा आधारित चलचित्र निर्माण र यसको बजारीकरणमा राज्यको तर्फबाट सधैँ साथ रहनुपर्ने बताउँदै नेपाली चलचित्रले अन्तर्राष्ट्रिय बजारमा ख्याति कमाउँदै गएको दावी गरे ।महोत्सवले घरेलु चलचित्र उद्योगलाई थप उचाइमा पु¥याउन र सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्न महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको नेपाल चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसीको भनाई छ ।

उनका अनुसार मौलिकता, सांस्कृतिक सम्पदा र स्थानीय कथालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्नुका साथै नेपाली फिल्मकर्मीलाई विश्व सिनेमासँग जोड्ने उद्देश्य फेस्टिभलले राखेको छ । फेस्टिभलमा अन्तर्राष्ट्रिय तथा नेपाली फिल्म प्रदर्शन, मास्टर क्लास, प्यानल छलफल, अन्तरसंवाद, रेड कार्पेट, सम्पदा यात्रा र अवार्ड समारोह गरिएको छ । अभिनेत्री आजमीले फिल्म र जीवनका अनुभवबारे अन्तरसंवाद गरेकी छिन् । नेपाली फिल्मको इतिहास संरक्षण गर्ने उद्देश्यले ‘कुमारी’ र ‘के घर के डेरा’ विशेष प्रदर्शन गरिएको छ ।

अन्तर्राष्ट्रिय पानोरामाअन्तर्गत विभिन्न देशका फिल्म पनि देखाइएका छन् । फेस्टिभलको नेपाल प्यानोरामा सट्र्स विद्यामा ७५ फिल्ममध्ये १० वटा छनोट भएका छन् ।प्रत्येक फिल्मलाई एक लाख रुपैयाँ प्रोत्साहन पुरस्कार दिइएको छ । त्यस्तै, ‘माई कल्चर, माई हेरिटेज’ सर्ट भिडियो च्यालेन्जमा ३५ मध्ये ११ भिडियो छनोट भएका छन् । उत्कृष्ट तीन भिडियोलाई क्रमशः एक लाख ५० हजार, एक लाख र ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ ।


सर्वाधिक रुचाइएको