पहिरो पीडितहरुलाई नगद तथा इन्धन प्रदान

– पन्चकन्याका पहिरो प्रभावितहरुलाई हस्तान्तरण
लोकखबर
२०८३ कार्तिक १७, सोमबार २३:५४

बिदुर – सांढे दुई महिना अगाडिको अविरल वर्षातका कारण आएको पहिराको कारण प्रभावित भएका नुवाकोटको पुर्वी भेग पञ्चकन्या गाउँपालिकाका पहिरो पीडितहरुलाई नगद तथा इन्धन प्रदान गरिएको छ । पहिरोबाट प्रभावितहरुको लागि विभिन्न सहयोगी तथा कर्मचारीहरुवाट नगद संकलन गरि हस्तान्तरण गरिएको हो । आधारशिला सामाजिक उद्यमी महिला सहकारी लिमिटेडको सञ्चालक सदस्यहरुको तर्फबाट नगद १५ हजार रुपैया  प्राप्त भएको छ ।

यसका साथै पञ्चकन्या गापाका  पहिरोबाट प्रभावितहरुको लागि राहत प्राप्त हुने क्रम जारी रहेको छ ।  सोहि क्रममा पञ्चकन्या माविका बाल क्लव  तथा शिक्षकहरुबाट नगद  १७ हजार ६ सय ९१ र भद्रुटार स्वास्थ्य स्वंसेविकाहरुबाट नगद  १८ हजार रुपैया  प्राप्त भएको छ । सो रकम पन्चकन्या गापा अध्यक्ष तेजबहादुर तामाङ रमेशमार्फत हस्तान्तरण गरिएको छ ।

अध्यक्ष तामाङका साथै गाउँपालिका उपाध्यक्ष विमला पाठककेसी, प्रमुख प्रशासकीय अधिकृत हिराधन राई,  कार्यपालिका सदस्य तथा कर्मचारीमार्फत  हस्तान्तरण गरिएको हो । सो रकम पीडित परिवारलाई हस्तान्तरण गरिएको छ ।गत भदौ ४ र ५ गते परेको अविरल वर्षातका कारण पञ्चकन्या गापाका  विस्तापित घरपरिवारहरुको लागि पूर्वमन्त्री हितबहादुर तामाङको पहलमा इनधन अर्थात् ग्यास सिलिन्डर वितरण गरी राहत तथा सहयोग प्रदान गरिएको छ । ग्यास वितरण कार्यमा पन्चकन्या गापाका उपाध्यक्ष विमला पाठककेसी, ३ नं. वडाध्यक्ष रामबाबु पराजुली, तथा गाउँबासीको उपस्थिति रहेको थियो ।


सर्वाधिक रुचाइएको