स्थानीयवासीको पहलमा फड्के निर्माण सुरु
बिदुर – ल्हेन्देखोलावाट रसुवागढी हुदै भोटेकोशीवाट त्रिशूली नदीमा मिसिएको अकल्पनिय बाढीले नुवाकोटको बिदुर र गौरीवेशी जोड्ने दुई वटा पुल वगाएपछि आवतजावत प्रभावित भएको छ । तुइनवाट जोृखिमपुर्ण यात्रा गर्नु परेको जनाउंदै स्थानीयवासीको पहलमा सोमवारदेखि उक्त स्थानमा फड्केको निर्माण सुरु गरिएको छ । बिदुर नगरपालिका ४ रङ्गघारीबाट बिदुर नपा १२ गौरिबेशी अक्करेमा फड्केको निर्माण अभियान सुरु भएको छ । उक्त कार्यका लागि बिदुर नपा कार्यालयमा हेभिइक्युपमेण्ट उपलव्ध गराएको छ ।

फड्केको लागि आवस्यक फाउन्डेसन बनाइएको छ । आई बिमको सहयोगको अपेक्षा गरिएको स्थानीयवासी सुरेन्द्र रिमालको भनाई छ । सम्भव भए बिदुर नपा कार्यालय तथा नभए कुनै संघ सस्थामार्फत उक्त सहयोगको अपेक्षा गरिएको रिमालले वताए । यसैवीच, गत भदौ १० गते आएको बाढीका कारण तारकेश्वर गाउँपालिका–२ स्थित तारुकाघाटको पुल बगाएपछि त्रिशूली नदी वारपार गर्न समस्या झेल्दै आएका स्थानीयवासीका लागि झोलुङ्गे पुल निर्माण प्रक्रिया अगाडि बढाइएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोट, हेल्वेटास नेपाल र तारकेश्वर गाउँपालिकाको सहकार्य तथा समन्वयमा तारुकाघाटमा त्रिशूली नदी वारपार गर्ने झोलुङ्गे पुल निर्माणको प्रक्रिया सुरु भएको हो ।

पुल निर्माणका लागि सम्बन्धित स्थानमा प्राविधिक टोलीले स्थलगत निरीक्षण गरी पुल निर्माणको सम्भाव्यता, भौगोलिक अवस्था तथा वातावरणीय पक्षको अध्ययन गरेको रेडक्रस नुवाकोटका सभापति हरि श्रेष्ठको भनाई छ । उक्त कार्यका लागि जनप्रतिनिधि, प्राविधिक विशेषज्ञ तथा गाउँपालिकाका प्रतिनिधिबीच पुल निर्माणको योजना, स्टमेट, लागत अनुमान तथा आगामी कार्ययोजनाका विषयमा छलफलसमेत भएको सभापति श्रेष्ठले वताए । बाढीले यस क्षेत्रको पुल बगाएपछि स्थानीयवासीलाई दैनिक रूपमा नदी वारपार गर्न कठिनाइ हुँदै आएको तारकेश्वर गापा २ का वडाध्यक्ष शिवप्रसाद पनेरुले वताए । उनका अनुसार पुल वगाउंदा विशेषगरी विद्यार्थी, किसान तथा अत्यावश्यक कामका लागि आवतजावत गर्ने स्थानीय प्रभावित हुँदै आएका थिए ।

तारुकाघाटमा झोलुङ्गे पुल पुर्ननिर्माण भएपछि स्थानीय बासिन्दालाई त्रिशूली नदी वारपार गर्न सुरक्षित र सहज हुने अपेक्षा गरिएको छ । पुलले स्थानीय कृषि उपजलाई बजारसम्म पु¥याउन सहज बनाउनुका साथै दैनिक आवतजावतमा समेत थप सुविधा पुग्ने अपेक्षा गरिएको छ । बाढीबाट प्रभावित परिवारलाई नेपाल रेडक्रस सोसाइटीले राहत सामग्रीसहित प्रतिपरिवार १० हजार रुपैयाँका दरले आर्थिक सहयोग गरिसकेको छ ।

प्रभावित परिवारको पुनस्र्थापनाका लागि आवास निर्माणतर्फ पनि सरकारसँगको सहकार्यमा आवश्यक योजना तथा खाका तयार गर्ने काम अघि बढिरहेको रेडक्रसले जनाएको छ । तारुकाघाटमा झोलुङ्गे पुल पुर्ननिर्माणको प्रक्रिया अघि बढ्नु पनि बाढी प्रभावित समुदायको पुनर्निर्माण र पुनस्र्थापनातर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ । उक्त स्थानमा निर्माणाधिन पुलको सोमवार सिलान्यास गरिएको छ भने स्थानवाट नुवाकोटको दक्षिणपुर्वी भेग आवतजावत गर्न सुविधा पुग्नेछ ।














































