रवि लामिछानेको विषयको सुनुवाई यस कारण स्थगित
मकवानपुर । संचारकर्मी रवि लामिछानेलाई थुनामा राखेर अनुसन्धान गर्नुपर्ने माग सहित परेको निवेदनका विषयमा आज उच्च अदालत पाटन, हेटौंडा इजलाशमा हुने भनिएको सुनुवाई स्थगित भएको छ ।
रविका वकिलले आफू देश बाहिर हुने भएकाले आज सहभागी हुन नसक्ने निवेदन पेश गरेकाले आजका लागि तोकिएको सुनुवाई स्थगित भएको हो । अब असोज २ गते यस विषयमा सुनुवाई हुने जनाइएको छ ।
पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणका आरोपित टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, युवराज कडेल तथा अर्की आरोपित अस्मिता कार्कीलाई थुनामा राखेर अनुसन्धान गर्न माग गर्दै नेपाल सरकारका तर्फ उच्च अदालत पाटन, हेटौँडा इजालाशमा निवेदन परेको थियो ।