पानी शुद्दिकरणका लागि त्रिभुवन माविलाई हेटौंडा उपमहानगरको सहयोग
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११, नवलपुरमा रहेको त्रिभुवन माविमा पानी शुद्दिकरणका लागि युभी ट्रिटमेन्ट प्लान्ट जडान गरिएको छ ।
विद्यालयका विद्यार्थीलाई शुद्द पानी पिउन सहजताका लागि हेटौंडा उपमहानगरपालिकाले एक लाख २० हजार रुपिया बराबरको सहयोग गरेको छ । ट्रिटमेन्ट प्लान्टका लागि आवश्यक बाँकी ३० हजार रुपिया विद्यालय आफैंले लगानी गरेको विद्यालयका प्रधानाध्यापक नारायण कँडेलले जानकारी दिए ।
मावि तहका विद्यार्थीलाई हेटौंडा उपमहानगरपालिकाको सहयोगमा शुद्द पानी पिउने व्यवस्था गरिएपनि विद्यालयका दश जोड दुईमा अध्ययनरत विद्यार्थीलाई अझै अपुग रहेको जनाइएको छ । विद्यालयले पानी शुद्दिकरणका लागि आवश्यक सहयोग गर्न अन्य सहयोगी दातालाई आग्रह समेत गरेको छ ।
विद्यालयमा प्लान्ट जडान कार्य आफूले गरेको डायमण्ड आरोह इन्टरप्राइजेजले गरेको संचालक मनोज चौलागाईंले जानकारी दिए । पानी शुद्दिकरणका लागि जडान गरिएको ट्रिटमेन्ट प्लान्ट उपयोगी हुने चौलागाईंको भनाई छ ।