खेल

 भ्याब्सन र मकवानपुर अनि कमाने र महावीरबीच प्रतिष्पर्धा

लोकखबर
३ मंसिर २०७६, मंगलवार ०८:४३

मकवानपुर । मकवानपुरको हेटौंडामा जारी अष्टकुमारी टी २० जेसीज कप क्रिकेट प्रतियोगितामा आज पनि दुई वटा खेल हुने भएका छन् ।
हेटौंडा जेसीजको आयोजनामा आइतबारबाट सुरु प्रतियोगितामा आज पहिलो खेल भ्याब्सन क्रिकेट क्लव र मकवानपुर क्रिकेट क्लवबिच हुनेछ भने दोस्रो खेल कमाने क्रिकेट क्लव र महावीर क्रिकेट क्लवबिच हुनेछ ।
प्रतियोगितामा हिजो मकवानपुर क्रिकेट क्लव र आयोजक हेटौंडा जेसीज विजयी भएका थिए । प्रतियोगिताको लागि हेटौंडा जेसीजका पूर्व अध्यक्ष पूर्ण शाक्यले १ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् ।
प्रतियोगिता हेटौंडाको लोकतान्त्रिक चौरमा भइरहेको हो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*