उपाधि क्रिकेट एकेडेमीलाई
मकवानपुर । मकवानपुरको हेटौंडामा सम्पन्न अष्टकुमारी टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि मकवानपुर क्रिकेट एकडेमीले जितेको छ । प्रतियोगिताको हिजोको फाइनल खेलमा मकवानपुर क्रिकेट क्लवलाई ८८ रनले पराजित गर्दै एकेडेमीले उपाधि जितेको हो । उपाधिसंगै क्रिकेट एकेडेमीले नगद २५ हजार रुपैया पुरस्कार पाएको छ । उप विजेता क्रिकेट क्लवले भने १५ हजार रुपैया पाएको छ । हेटौंडा जेसीजको आयोजनामा हेटौंडास्थित हुप्रचौरमा प्रतियोगिता संचालन भएको थियो ।