जेसीआई हेटौंडाको ‘जेसीज सप्ताह’ तयारी

लोकखबर
६ मंसिर २०७६, शुक्रबार ०८:१३

मकवानपुर । जेसीआई हेटौंडाले विभिन्न कार्यक्रम गर्दै जेसीज सप्ताह २०१९ मनाउने तयारी गरेको छ ।
सप्ताहका अवसरमा भोली मंशिर ७ गतेबाट १३ गतेसम्म जेसीआईले विभिन्न प्रतियोगिता तथा सहयोग गर्ने भएको हो ।
मंशिर ७ गते बुद्दचोकदेखि न्यूरेनीसम्म खुल्ला दौड, जेसीआई र बैंकर्सका बीच फुटबल, ८ गते क्याम्पस स्तरिय पब्लिक स्पीकिंग, ९ गते रक्तदान तथा निः शुल्क मधुमेह जाँच, अन्तर जेसीज वक्तृत्वकला प्रतियोगिता हुने भएको हो ।
यस्तै, १० गते विद्यालय स्तरिय चित्रकला प्रतियोगिता, ११ गते शैक्षिक सामग्री वितरण, १२ गते जेसीआई प्रदेशस्तरिय समूह छलफल र १३ गते जिल्ला स्तरिय लोक नृत्य प्रतियोगिता हुने आयोजकले जनाएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published.


*