महिला हिंसा विरुद्दको अभियानमा दीप प्रज्ज्वलन गर्दै प्रतिबद्दता

लोकखबर
९ मंसिर २०७६, सोमबार २२:४८

मकवानपुर । महिला हिंसा विरुद्दको १६ दिने अभियानमा आज मकवानपुरको हेटौंडाको बुद्दचोकमा दीप प्रज्ज्वलन गरी ‘हामी हिंसा गर्दैनौ र सहदैनौ’ भन्दै महिला हिंसा विरुद्द लागिपर्ने प्रतिबद्दता जनाइएको छ ।
‘समानताको पुस्ता, बलात्कार विरुद्दको ऐक्यबद्दता ’ भन्ने नारा सहित अखिल नेपाल महिला संघ (अनेमसंघ) मकवानपुर र अखिल नेपाल महिला संघ (अनेमसंघ) क्रान्तिकारीले आयोजना गरेको दीप प्रज्वलन कार्यक्रममा यस्तो प्रतिबद्दता जनाइएको हो । साँझ बुद्दचोकमा भेला भएका महिलाले हात हातमा मैन बत्ती बालेर गोलो घेरा बनाई हिंसा विरुद्द सामुहिक प्रतिबद्दता गरिएको हो । कार्यक्रममा अनेमसंघ मकवानपुरका अध्यक्ष तथा भीमफेदी गाउँपालिका उपाध्यक्ष पार्वती रानाले कसैले पनि हिंसा गर्न नहुने र सहन पनि नहुने बताइन् । उनले महिला हिंसा विरुद्दको अभियान सबै पालिकामा सञ्चालन गर्नुपर्नेमा पनि जोड दिइन् । उनले अहिले विद्यमान महिला हिंसा संगै पुरुष हिंसा पनि भएकाले लैङ्गिक रुपमा हिंसा अन्त्य गर्न जरुरी रहेको बताइन् । ‘ अहिले महिला मात्र होइन, पुरुष पनि हिंसामा परेका घटनाहरु सार्वजनिक भइरहेका छन् । यसैले लैङगिक रुपमा हुने सबै खालका हिंसा अन्त्य गर्नका लागि हामी सबै लागिपर्नु अहिलेको आवश्यकता हो । ’ रानाले भनिन्,‘हिंसा जसले र जतिसुकै ठूलो पदमा पुगेको मान्छेले हिंसा गरेको भएपनि सजायको भागीदार हुने कानून नेकपाको सरकारले लागू गरेको छ ।’ उनले महिलालाई विकास निर्माणको अभियानमा सहभागी हुन आग्रह गर्दै विकास निर्माणको काममा नलागेमा महिला पछाडी पर्ने बताइन् । कार्यालयमा काम गर्ने र जनताको काम गर्ने दौरानमा अनुगमनको पाटोमा उपाध्यक्षहरुको भयता पनी उनीहरुलाई जानकारी नगराईकन गरिने प्रचलन पनि हिंसाभित्र पर्ने हुनाले यसको खुलेर प्रतिरोध गर्नुपर्ने उनको भनाई ।
अनेमसंघ धेरै महिला आबद्द भएको महिला अधिकार रक्षामा लागिपर्ने सङ्गठन भएको बताउँदै नेतृ रानाले महिला हिंसा विरुद्दको १६ दिने अभियानलाई सफल बनाउँन सबै सरोकारवालालाई आग्रह गरिन् । करिब तीन सय जना महिलाको सहभागिता रहेको कार्यक्रममा अनेमसंघ केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य जुनेली श्रेष्ठको पनि आतिथ्यता थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*