भालुको आक्रमणबाट सशस्त्र प्रहरीका दुई जना घाइते
रसुवा।रसुवामा ब्यारेकको खानेपानी व्यवस्थापनको काममा खटिएका दुई जना सशस्त्र प्रहरी भालुको आक्रमणबाट घाइते भएका छन् ।
भालुका आक्रमणबाट सशस्त्र प्रहरी बल भन्सार सुरक्षा एवं राजश्वगस्ती २१ नम्बर गुल्म तिमुरेमा कार्यरत सहायक हवल्दार वीरबहादुर थिङ र प्रहरी जवान किरण तामाङ रहेको जनाइएको छ ।
आक्रमणमा पर्ने रसुवा जिल्ला नौकुण्ड गाउँपालिका- ४ स्थायी घर भएका सहायक हवल्दार थिङको टाउकोमा गम्भीर चोट लागेको छ भने नुवाकोट जिल्ला सूर्यगढी गाउँपालिका-१ घर भएका प्रहरी जवान तामाङको अवस्था सामान्य रहेको बताइएको छ ।