दाताबाट चलेको मामाघरलाई खाद्यान्न सहयोग

लोकखबर
१६ मंसिर २०७६, सोमबार २०:०७

मकवानपुर । सडक बालकहरुलाई संरक्षण प्रदान गर्दै आइरहेको मकवानपुरको हेटौंडामा संचालित मामाघर नेपाललाई आज (सोमबार) खाद्यान्न सहयोग प्राप्त भएको छ ।

विभिन्न दाताको सहयोगबाट संचालन हुदै आएको मामाघरका लागि नवलपरासी, प्रगतिनगर घर भई हाल युसएमा बस्दै आएका प्रमोद आचार्य तथा सन्ध्या आचार्य दम्पतिले खाद्यान्न सहयोग गरेका हुन् । आफ्नो चौथो विवाह बर्षगाँठको अवसरमा आचार्य दम्पतिले सहयोग गरेको मामाघर नेपालले जनाएको छ ।

हेटौंडा २ निवासीका आचार्यका मातापिता मधुसूदन र गंगा पौडेल मामाघरमा पुगेर विदेशबाट आफ्नो छोरा बुहारीले पठाइएको खाद्यान्न सहयोग हस्तान्तरण गरेका हुन् ।

मकवानपुरको हेटौंडामा संचालित मामाघर नेपाल विभिन्न कारण सडकमा पुगेका बालक उद्दार गरी संरक्षणमा सक्रिय छ ।

संस्थाको अहिले आफ्नै भवन निर्माण भइरहेको छ । विगत लामो समयदेखि मकवानपुरमा संचालन भइरहेको मामाघरमा संरक्षित बालकलाई आवश्यक खाद्या तथा शिक्षाका लागि आवश्यक सहयोग दाताबाट जुट्दै आइरहेको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*