खेल
सागमा मकवानपुरका महसुसले जिताए स्वर्ण

मकवानपुर । नेपालमा आयोजित तेह्रौं दक्षिण एसियाली खेलकुद(साग) को कराते पुरुष टिम कातामा स्वर्ण जिताउँन मकवानपुरका महसुस तामाङको पनि भूमिका भएको छ । उनी सहितको खेलाडीले उत्कृष्ट खेलेका कारण कराते टिम पुरुष कातातर्फ स्वर्ण पदक जित्न सफल भएका हुन् ।
मनहरी गाउँपालिकाका तामाङसंगै अन्य खेलाडी मन्डेकाजी श्रेष्ठ, प्रवीण मानन्धरको टिमको खेलका कारण स्वर्ण पदक जित्न सफल भइएको हो । तामाङ बाबु सिताराम मु्क्तान र माता ठूली माया मुक्तानको कोखबाट वि.स. २०४८ साल कात्तिक ७ गते सुनाचुरीमा जन्मिएका हुन् ।