दुर्घटना

कुखुरा बोक्ने गाडी हुँइकाउँदा ब्रेक फेल भएपछि …

लोकखबर
१६ मंसिर २०७६, सोमबार २३:०६

मकवानपुर । मकवानपुरको हेटौडा ८ सनउड कोलनी कमानेमा कुखुरा बोक्ने गाडी ब्रेक फेल भई दुर्घटनामा पर्दा तीन जना घाइते भएको छन् ।
ना ४ त ७२०७ नम्बरको कुखुरा बोक्ने गाडी मर्मत गरेर टेस्टका लागि गुडाइएको अवस्थामा ब्रेक फेल भएर दुर्घटना हुँदा चालक सहित तीन जना घाइते भएका हुन् । गाडीलाई तीब्र गतिमा हुँइकाइएकाले ब्रेक फेल भईं दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी चालक भेडीयारी पर्साका २२ बर्षीय सजाद खान, भारत मोतीहारीका ३० बर्षीय प्रवेश आलम र मोतिहारीका १९ बर्षीय असर्थ महमद मिया घाइते भएका छन् । उनीहरु तीनै जनाको मकवानपुरको हेटौंडास्थित अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published.


*