दुर्घटना

बागमती गाउँपालिकामा अटो दुर्घटना,एकको मृत्यु, दुईजना घाइते

जोखिम बन्दै अटोमा यात्रा, तिब्र गतिका कारण दुर्घटना
लोकखबर
१६ मंसिर २०७६, सोमबार २३:३४

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकाको लिलावन सडकखण्डको उकालो बाटोमा अटो ब्याक भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी दुई जना घाइते भएका छन् ।

मकवानपुर प्रहरीका अनुसार भोर्लेनीबाट यात्रु बोकेर झुरझुरे आउँदै गरेको ना १ ह ६३१७ नम्बरको अटो उकालो बाटोमा ब्याक हुन गई दुर्घटनामा परेको हो ।

अटो दुर्घटनामा घाइते हुनेमा बागमती गाउँपालिका वडा नम्बर ४ कि ४२ वर्षिया काउलिमाया रुम्बाको घटनास्थलमै मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते हुनेमा बागमती गाउँपालिकाकै लालभित्ता निवासी १८ वर्षिया श्रीमाया घिसिङ र १२ वर्षिया मसलिमाया घिसिङ रहेका छन् ।

दुर्घटनामा परेको अटोका चालक फरार रहेका छन् । उनको खोजी भइरहेको मकवानपुर प्रहरीले जनाएको छ । असजिलो बाटोमा अटो चालकले तिब्र गतिले हाँक्ने गरेकाले अटोमा यात्रा जोखिम हुन थालेको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*