बिमलाको घर बनाउँन रानीको काठ

लोकखबर
१६ मंसिर २०७६, सोमबार २३:५७

मकवानपुर । मकवानपुरको हेटौडा ६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले भूकम्पकी लाभग्राही तथा आर्थिक रुपमा विपन्न कमला विकलाई घर निर्माणमा सघाउ पुर्‍याउँन काठ सहयोग गरेको छ ।

समूहकी सदस्य विकलाई विनासकारी भूकम्पले भत्काएको घर निर्माण गर्नका लागि सहयोग स्वरुप करिब १६ हजार रुपैंया बराबरको सालको चिरान काठ ११ क्यूफिट सहयोग गरेको हो । पाँच वर्ष अघि श्रीमान् समेत गुमाएकी विकलाई वन समूहको लक्षित कार्यक्रम अनुसार सहयोग गरिएको समूह अध्यक्ष कृष्ण विडारीले बताए । अध्यक्ष विडारीका अनुसार वन समूहले वन समूहका गरीब, दलित तथा जनजाती उपभोक्तालाई सहयोग गर्दै आइरहेको छ । घर निर्माणका लागि काठ सहयोग पाएपछि कमलाले खुशी व्यक्त गरिन् । ‘घर निर्माण गर्नका लागि काठ कसरी जुटाउँने भन्ने चिन्ता भइरहेको बेलामा समूहबाट काठ सहयोग पाइयो । ’ उनले खुशी व्यक्त गरिन्, ‘ अब घर बनाउँने आँट आएको छ । ’
यस्तै, तीनै तहका सरकारले कर लिएको विरोधका लागि सामुदायिक वन उपभोक्ताको छाता संगठन सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरलाई १० हजार पाँच सय रुपैया आर्थिक सहयोग पनि गरेको छ । कार्यालय सचिव भीमसेन पौडेलका अनुसार सामुदायिक वनको आन्दोलन लगायतका अभियानका कार्यका लागि आर्थिक सहयोग गरिएको हो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*