पेट्रोल, डिजेल र मट्टीतेलमा मूल्य वृद्दि

लोकखबर
१७ मंसिर २०७६, मंगलवार ०९:०७

मकवानपुर । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा मूल्यवृद्दि गरेको छ । हिजो (सोमबार) राती १२ बजेदेखि लागू हुने गरी निगमले प्रतिलिटर २ रुपैयाँका दरले मूल्य बढाएको हो ।

इन्डियन आयल कर्पोरेशन (आईओसी)ले १ डिसेम्बरमा पठाएको मूल्य सूचीमा इन्धनको मूल्य बढाएर पठाएका कारण पेट्रोल, डिजेल मट्टीतेलको मूल्य बढाइएको आयल निगमले जनाएको छ ।

यसअघि प्रतिलिटर १ सय ७ रुपैयाँ रहेको पेट्रोलको मूल्य अब १ सय ९ रुपैयाँ पुगेको छ । यस्तै, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ पुगेको निगमले जनाएको छ ।

आईओसीले हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य समेत बढाएर पठाएको भएपनि त्यसको मूल्य भने नबढाइएको निगमका प्रवक्ता गोइतको भनाइ छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*