पत्रकार मणिराज गौतमलाई ‘म्युजिक खबर मोफसल रंग पत्रकारिता सम्मान’

लोकखबर
२१ मंसिर २०७६, शनिबार १२:१३

मकवानपुर । मकवानपुरका पत्रकार मणिराज गौतम म्युजिक खबर मोफसल रंग पत्रकारिता सम्मान–२०७६ बाट सम्मानित भएका छन् ।

काठमाडौंमा आयोजित आठौं म्युजिक खबर म्युजिक अवार्डको अवसरमा पत्रकार गौतमलाई सम्मानि भएका हुन् ।

शुक्रबार चलचित्र विकास वोर्डका अध्यक्ष केशव भट्टराई, वरिष्ठ गीतकार रत्नशमसेर जवरा,वरिष्ठ कलाकार बशुन्धरा भुसाल, आयोजक संस्थाका अध्यक्ष सुमन पण्डित, सविता पोखरेल लगायतले दोसल्ला ओढाएर पत्रकार गौतमलाई सम्मान गरे ।

वि.सं. २०६० सालमा मकवानपुरको हेटौंडाबाट पहल साप्ताहिकमा रंग पत्रकारितामार्फत पत्रकारिता सुरु गरेका गौतम अहिले रेडियो थाहा संचार हेटौंडाका स्टेशन म्यानेजर हुन् । गौतम विशेषत : रंगपत्रकारिता सक्रिय छन् । न्यू मिडिया एकेमी प्रालिको प्रकाशन सिधाखबर डटकमका संचालक रहेका गौतम फिल्मी खबर साप्ताहिकको सहसम्पादकको भूमिकामा छन् ।

पत्रकार गौतमले चलचित्र पत्रकार संघ केन्द्रीय समितिले प्रदान गर्ने राष्ट्रिय पत्रकारिता अवार्ड, चलचित्र पत्रकार संघ मकवानपुरबाट सम्मान, इन्भेस्टिगेशन जर्नालिजम अवार्ड, नेशनल पावर न्यूज म्युजिक पत्रकारिता अवार्ड लगायत विभिन्न पुरस्कार तथा सम्मान पाएका छन् ।

उनी हेटौंडाबाट पत्रकारहरुको प्रोत्साहन स्वरुप नेपालमा नै पहिलो चोटी नै विभिन्न विधाहरुमा रही जर्नालिजम अवार्ड गर्दै आइरहेका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published.


*