महिला जनप्रतिनिधी र महिला पत्रकारले यसरी सुनाए आफ्ना अनुभूती

लोकखबर
२२ मंसिर २०७६, आईतवार २१:०१

मकवानपुर । महिला हिंसा विरुद्दको १६ दिने अभियान अन्तर्गत आइतबार (आज) मकवानपुरको बकैया गाउँपालिकामा जन प्रतिनिधी तथा महिला पत्रकारले आफ्ना अनुभव सुनाए ।

पालिका उपाध्यक्ष सरला बोलखेले गाउँघरमा महिलाको अवस्था देखेर आफूलाई राजनीतिमा लाग्न प्रेरणा मिलेको सुनाइन् । गाउँघरका महिलाको अवस्था सुधार्न आफू राजनीतिमा लागिपरेको सुनाउँदै गाउँपालिकाका तर्फबाट पनि महिलालाई सबल बनाउँने गरी कार्य योजना संचालन गरिने बताइन् ।

कार्यपालिका सदस्य लक्ष्मीमाया माझीले राजनीतिमा महिलालाई अझै पनि सहज नभएको बताइन् । महिलाका सवाल मिडियामार्फत उजागर गर्नुपर्ने अहिलेको आवश्यकथा भएको उनले जोड दिइन् ।

महिला पत्रकारका माझ कार्यपालिकाका अन्य वडा सदस्य महिलाले जन प्रतिनिधीको भूमिकाका रुपमा आफूले भोगेको अनुभव सुनाए ।
नेपाल पत्रकार महासंघ मकवानपुरकी उपाध्यक्ष सरिता दहालले पत्रकारिताका आफ्ना भोगाई सुनाइन् । बकैया गाउँपालिकाको आयोजनामा संचालित कार्यक्रममा गाउँपालिकाका महिला जनप्रतिनिधी तथा मकवानपुरका महिला पत्रकारको सहभागिता थियो ।

कार्यक्रममा गाउँपालिकाको महिला तथा बालबालिका शाखा संयोजक कविता भट्टले आफ्नो शाखामार्फत संचालन गरिएको कार्यक्रम तथा अबका दिनमा गरिने कार्यक्रमका बारेमा जानकारी दिइन् । कार्यक्रममा सहायक महिला विकास निरीक्षक होमकुमारी संजेलले स्वागत मन्तव्य व्यक्त गरिन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*