खेल विकास

मुख्यमन्त्री पौडेलको ध्यान केन्द्रिय खेलकुद प्रतिष्ठानमा

लोकखबर
२३ मंसिर २०७६, सोमबार ०६:२६

मकवानपुर । मकवानपुरको हेटौंडामा निर्माणाधिन केन्द्रिय खेलकुद प्रतिष्ठानका विषयमा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले चासो राखेका छन् ।

आइतबार स्थलगत अवलोकन गरेका मुख्यमन्त्री पौडेलले तोकिएको समयमा नै निर्माण कार्य सकाउन निर्देशन दिएका छन् । देशकै उत्कृष्ट खेल मैदान बनाउँने तयारी साथ काम भइरहेको स्थलमा बेला बेला अनुगमन गर्ने योजना अनुसार मुख्यमन्त्री पौडेलले अनुगमन गरेका हुन् ।
प्रतिष्ठान निर्माणका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा १३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । यो बजेटबाट प्रतिष्ठान परिषरमा विभिन्न खेल संरचना निर्माण गर्ने लक्ष्य रहेको मुख्यमन्त्री पौडेलले जानकारी दिए ।

प्रतिष्ठानको २३ विगाह क्षेत्रको जग्गामा खेलाडीका लागि सुविधासम्पन्न छात्रावास निर्माण कार्य सकिएको छ । प्रतिष्ठानको गुरुयोजना अनुसार फुटबल मैदान, बहुउद्देशीय कभर्डहल, पौडीपोखरी, महिला तथा पुरुष खेलाडीका लागि छुट्टा–छुट्टै आवास कक्ष, रिक्रिएसन कक्ष,औषधोपचार कक्ष र प्रशासनिक भवन निर्माण गरिनेछ ।

यही वर्ष फुटबल, कृकेट खेलका लागि मैदान तयार हुने गरि काम भैरहेको मुख्यमन्त्री पौडेलले जानकारी दिए । देशकै उत्कृष्ट खेल मैदान बनाउने लक्ष्य रहेको मुख्यमन्त्री पौडेलले बताए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *