हेटौंडा एकेडेमीले शिशुस्याहार केन्द्र संचालन गर्दै
मकवानपुर । मकवानपुरको हेटौडामा पहिलो पाईला शिशुस्याहार केन्द्र संचालनको तयारी गरिएको छ ।
हेटौडा ११ नवलपुरमा रहेको हेटौडा एकेडेमी आवाशिय माविको संचालक समितिले हेटौडा ५ मा स्थित पुष्पलालपार्क स्थित आफनै भवनबाट शिशु स्याहार संचालनको तयारी गरेको हो ।
बजार क्षेत्रका अविभावक तथा विद्थार्थीको आग्रह बमोजिम शिशु स्याहार केन्द्र संचालनको आवश्यक तयारी गरिएको संचालिका अंकिता सुमार्गीले जानकारी दिइन् । केन्द्र महिलाको पूर्ण सहभागितामा संचालनको व्यवस्था गरिएको संचालिकाले सुमार्गीले बताइन् । यही मंशिरको अन्तिम सातादेखि संचालनको तयारी गरिएको केन्द्र पूर्ण रुपमा मन्टेश्वरी बेसमा हुने जनाइएको छ ।
अनुभवी शिक्षिका, रमणीय तथा सफा वातावरणमा बालबालिकाको मानसिकता अनुसार पूर्ण रुपमा नेपाली संस्कार सिकाईने केन्द्रमा विहान ८ : ३० देखि अपरान्ह ४ बजे सम्म आफना बालबालिकालाई अध्ययन गराउन सकिने सुमार्गीले जानकारी दिइन् । विशेषगरी व्यस्त दम्पतिका लागि आफना बालबच्चा ढुक्कसंग राख्न सकिने व्यवस्था मिलाइएको जनाइएको छ । पूर्ण सुरक्षाका साथ गुणस्तरिय शिक्षा दिक्षा प्रदान गर्ने उद्देश्यले संचालन तयारी गरिएको केन्द्रमा प्ले ग्रुप, नर्सरी तथा एलकेजी कक्षा अध्यापन गराईनेछ ।
केन्द्रमा बालबालिकाका लागि विभिन्न सुविधा रहेको संचालिका सुमार्गीले जानकारी दिइन् । स्वीमीङपुल, अतिरिक्त कृयाकलाप, घरसम्मै बससेवा, दिनमा तीन पटक विभिन्न परिकारका स्वस्थ हाईजनिक खाना-खाजाको व्यवस्था गरी केन्द्र संचालनको तयारी गरिएको जनाइएको छ।