प्रदेश ३ सरकारले सागमा विजेतालाई २५ हजारदेखि एक लाखसम्म दिने

लोकखबर
२३ मंसिर २०७६, सोमबार १८:४४

मकवानपुर । प्रदेश ३ सरकारले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी हुने विजयी हुने प्रदेश ३ का विजेताहरूलाई नगद पुरस्कार दिने भएको छ।
मुख्यमन्त्री डोरमणी पौडेलको अध्यक्षता बसेको मन्त्रिपरिषदको बैठकले स्वर्ण पदक विजेतालाई १ लाख, रजत पदक विजेतालाई ५० हजार र कांस्य पदक विजेतालाई २५ हजार नगद सहित सम्मान गर्ने निर्णय गरेको जनाइएको छ । खेलाडीलाई प्रोत्साहनका लागि नगद पुरस्कार प्रदान गर्ने निर्णय गरिएको जनाइएको छ ।
बैठकले प्रदेश अनुसन्धान ब्युरो गठनका लागि सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ । जनता आवास कार्यक्रम कार्यान्वयन पहिलो संसोधन कार्यविधी २०७६ को स्वीकृत गर्ने, मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन कार्यविधी २०७६ स्वीकृत गर्नेलगायतका निर्णय पनि प्रदेश सरकारले गरेको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*