अन्तराष्ट्रिय मानव अधिकार दिवस
हेटौंडामा प्रभातफेरी हुदै

मकवानपुर । आज अन्तराष्ट्रिय मानव अधिकार दिवस, मकवानपुर लगायत देशैभर विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइदै छ ।
सन् १९४८ डिसेम्बर १० तारीखका दिन संयूक्त राष्ट्रसंघको महासभाले मानव अधिकारको विश्वव्यापी घोषणा गरेको दिनलाई अन्तराष्ट्रिय मानव अधिकार दिवसको रुपमा मनाउँदै आईएको छ ।
नेपाल संयुक्त राष्ट्रसंघले सदस्य राष्ट्र भएका नाताले पनि नेपालले पनि बिश्वले झै डिसेम्बर १० लाई अन्तराष्ट्रिय मानव अधिकार दिवसको रुपमा देशैभर मनाउँदै आईरहेको छ । दिवसको अवसरमा मकवानपुरमा मानवअधिकारको क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाको आयोजनामा प्रभातफेरी हुदैछ ।