नारायणगढ-मुग्लिन सडकखण्ड आजदेखि दुई सातासम्म बन्द

लोकखबर
२७ मंसिर २०७६, शुक्रबार ०८:४३

मकवानपुर । पहिरो रोकथामका लागि नारायणगढ-मुग्लिन सडकखण्ड आज (शुक्रबार) देखि दुई सातासम्म दिउँसोमा बन्द हुने भएको छ ।

विहान ११ बजेदेखि दिउँसो ३ बजेसम्मका लागि सवारी साधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

रोक लगाइएको समयमा आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न चितवन प्रशासनले सम्बन्धित सबै पक्षसंग आग्रह गरेको छ ।

सो अवधिमा नारायणगढबाट मुग्लिनतर्फ जाने यात्रुवाहक सवारी साधन १५ किलो र मालवाहक सवारी साधन दासढुंगामा रोकिनेछन् । मुग्लिनबाट नारायणगढतर्फ आउने यात्रुवाहक सवारी साधन मुग्लिन र बेनिटार तथा मालवाहक सवारी साधन लेवाटार र आबुखैरहनीमा रोकिने जनाइएको छ ।

प्रशासनका अनुसार एम्बुलेन्स, शवबाहनलगायत अत्यावश्यक सवारी साधनलाई भने सुरक्षा निकायको समन्वयमा पास उपलब्ध गराइने छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*