अपराध
घर नजिक झाडीमा लगेर जबरजस्ती करणी, आरोपी पक्राउ

मकवानपुर । घर नजिकको झाडीमा लगेर जबरजस्ती करणी गरेको आरोपमा मकवानपुरको हेटौंडामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हेटौंडा ११ की ४८ वर्षिया महिलालाई विहीबार राती जबरजस्ती करणी गरेको आरोपमा स्थानीय ४५ वर्षिय जयबहादुर मोक्तानलाई प्रहरीले आज पक्राउ गरेको हो ।
प्रहरी नियन्त्रणमा रहेका आरोपी मोक्तानमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक पवन कुमार झाले जानकारी दिए ।