शिक्षक संघ मकवानपुरगढीमा रिक्त पदाधिकारी चयन
मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा नेपाली कांग्रेस निकट शिक्षकको संगठन नेपाल शिक्षक संघले पूर्णता पाएको छ ।
नेपाल शिक्षक संघ ३ नम्बर प्रदेशका बरिष्ठ उपाध्यक्ष दीपकलाल खतिवडाको प्रमुख आतिथ्यतामा र शिक्षक संघ मकवानपुरगढी अध्यक्ष यादवराज बरालको अध्यक्षतामा भएको संघको भेलाले नयाँ पदाधिका चयन गरेको हो ।
संघमा रिक्त अध्यक्षमा प्रल्हाद घिमिरे, उपाध्यक्ष (महिला) मा इन्दिरा अधिकारी, उपाध्यक्ष विष्णुप्रसाद तिमल्सिना,सचिवमा रामचन्द्र न्यौपाने, सचिव (अर्थ) मा सुन्दर सिङ् लो, सहसचिवमा बासुदेव आचार्य र सहसचिव (अर्थ)मा चन्द्रलाल महर्जनलाई चयन गरेको छ ।
भेलामा नेपाल शिक्षक संघ मकवानपुरका अध्यक्ष रामकुमार अधिकारी,उपाध्यक्ष गणेश हुमागाइ, महासंघ सचिब राजु गौतम र शिक्षक संघका नेताहरु बिरेन्द्र यादव, इन्द्र भोम्जन, रेवती रमण पहाडी, ज्ञानेन्द्र बर्तौला, लिलानाथ ढुंगेल लगायत शिक्षक संघका नेताको आतिथ्यता थियो ।