मकवानपुर लगायत देशभरको आजको मौसम यस्तो

लोकखबर
२८ मंसिर २०७६, शनिबार ०७:२५

मकवानपुर । आज (शनिबार) दिनभर मौसम बदलीकै अवस्थामा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

मकवानपुर लगायत देशका विभिन्न भागमा विशेषगरी मध्य र पश्चिमी भूभागमा दिनभर आंशिक तथा सामान्य मौसम बदली हुने जनाइएको छ ।
मध्य र पूर्वी भूभागका केही स्थानमा हल्का वर्षा हुने तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात हुने पनि महाशाखाको भनाई छ।

देशका अधिकांश क्षेत्रमा अहिले पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेका कारण मौसमी बदली भइरहेको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*