धादिङ पुगेर सुमार्गीले भने,‘धादिङले आशिर्वाद दिएको महसुस भएको छ ।’

लोकखबर
२८ मंसिर २०७६, शनिबार १८:४५

मकवानपुर । नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य अरुणराज सुमार्गीले राज्यले ल्याएको कर नीति उद्यागी व्यवसायीहरुको हितमा नरहेको बताएका छन् ।

धादिङ उद्योग बाणिज्य संघको २६ औं साधरणसभालाई सम्वोधन गर्दै सुमार्गीले यस्तो बताएका हुन् । धादिङबाटै आफूले नेपाल उद्योग वाणिज्य संघको केन्द्रिय राजनीती सुरु गरेको र धादिङले नै आफूलाई आशिर्वाद दिएको महशुस उनले बताए । त्यही ठाउँबाट आफूले उद्योग वाणिज्य संघको केन्द्रिय राजनितीमा प्रवेश गरेको हुनाले धादिङमा हुने कुनै पनि साधरणसभा सकेसम्म आफूले नछुटाउने गरेको उहाँले उनको भनाई थियो ।

उनले तीन तहको राज्य संरचना बनेपछि जिल्ला तथा नगरहरुमा भएका समस्याहरुका बारेमा अन्योलता सुरु भएको बताए । सरकारले सिंहदरबार गाउँमा गाउँमा पुग्यो भन्दै गर्दा जिल्लास्तरमा सरकार र ब्यवसायी बिच तादाम्यता मिलेको नदेखिएको भन्दै समन्वय र सहकार्यमा जोड दिए ।

सभामा प्रदेश ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमकटेलको प्रमुख आतिथ्यता रहेको थियो । धादिङ वाणिज्य संघका अध्यक्ष रुद्रबहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालको विशिष्ठ आतिथ्यता रहेको थियो । कार्यक्रममा एशोसियट उपाध्यक्ष चन्द्र ढकाल,जिल्ला नगर उपाध्यक्ष किशोर प्रधान,प्रदेश ३ का अध्यक्ष दिनेश क्षेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*