मनहरीको भोजसिद्दमा नि:शुल्क स्वास्थ्य शिविर

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ५, बसन्तपुरमा रहेको भोजसिद्द माविमा आज (शनिबार) निःशुल्क घुम्ती स्वास्थ्य शिविर भएको छ ।
युवा सेवा समाज (युसेस) मकवानपुरको आयोजना,युनिलिभर नेपाल लिमिटेडको साझेदारी तथा स्थानीय सूर्यकिराण युवा क्लवको संयोजनमा स्वास्थ्य शिविर गरिएको हो ।
शिविरमा बालबालिका, किशोरकिशोरी तथा वृद्दवृद्दा गरी एक सय १७ जनाले स्वास्थ्य परीक्षण सेवा लिएको आयोजक युसेस मकवानपुरका अधयक्ष बुद्दशरण लामाले जानकारी दिए ।
शिविरमा दन्त चिकित्सक डाक्टर नागेन्द्र श्री र असिस्टेन्ट दिपाली श्रेष्ठ र फिजिसियन डाक्टर सागर काफ्लेले स्वास्थ्य परीक्षण गरेका हुन् । शिविरमा २३ जनाको किराले खाएको र बिग्रेको दाँत झिकेर फालिएको युसेसले जनाएको छ। स्वास्थ परीक्षणपछि आवश्यक बमोजिम औषधि समेत निशुल्क रुपमा वितरण गरिएको छ ।