राली-राडोको खानेपानी तथा सरसफाई कार्यक्रम

कुर्लेदमार र हुलाकी दमारमा योजना अनुगमन

लोकखबर
२८ मंसिर २०७६, शनिबार २१:५२

मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ र ७ मा सन्चालित खानेपानी तथा सरसफाई कार्यक्रमको आज (शनिबार) अनुगमन तथा छलफल गरिएको छ ।
ग्रामीण तथा विकास संगठन (राडो) नेपालले राली इन्टरनेशनलको सहयोगमा संचालन गरिरहेको परियोजनाको अनुगमन तथा छलफल गरिएको हो ।
गाउँपालिकाको वडा नम्बर २ कुर्लेदमार र वडा नम्बर ७, सुकौरा हुलाकी दमारमा सन्चालित कार्यक्रम अनुगमनमा गाउँपालिका अध्यक्ष विदुर हुमागाईं, प्रमुख प्रशासकीय अधिकृत राम पुडासैनी, राडो नेपालका रामजीप्रसाद सापकोटा,विष्णु धिताल लगायतको उपस्थिती रहेको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published.


*