विश्व आप्रवासी दिवस मनाइदै

लोकखबर
२ पुष २०७६, बुधबार ०७:३६

मकवानपुर । आज डिसेम्बर १८ तारिख, विश्व आप्रवासी कामदार दिवस मकवानपुर लगायत देशैभर मनाइदैछ ।
आप्रवासी कामदार तथा तिनका परिवारका सदस्यको अधिकार संरक्षणमा विश्व समुदायलाई खबरदारी गर्ने उद्देश्यले यो दिवस मनाउने गरिएको हो ।
संयुक्त राष्ट्रसंघीय महासभाले आप्रवासी कामदार र तिनका परिवारका सदस्यको अधिकार संरक्षणसम्बन्धी महासन्धि, १९९० पारित गरेको दिनको स्मरणमा प्रत्येक वर्ष डिसेम्बर १८ का दिनलाई अन्तराष्ट्रिय आप्रवासी कामदार दिवसका रूपमा मनाउने गरिएको हो । अन्तर्रा्ष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम) को पछिल्लो अध्ययन अनुसार विश्वको कुल जनसंख्याको ३ दशमलव ५ प्रतिशत अर्थात् २७ करोड २० लाख आप्रवासी कामदार छन् ।
त्यसमध्ये ५२ प्रतिशत पुरुष र ४८ प्रतिशत महिला छन् । चौहत्तर प्रतिशत आप्रवासी कामदार २० देखि ६४ वर्ष उमेर समूहका रहेको आइओएमद्वारा प्रकाशित विश्व आप्रवासन प्रतिवेदन, २०२० मा उल्लेख छ ।
विश्वमा सबैभन्दा बढी आप्रवासी कामदार भारतीय नागरिक छन् । एक करोड ७५ लाख भारतीय नागरिक आप्रवासी कामदारका रूपमा विश्वका विभिन्न मुलुकमा छन् । भारतपछि आप्रवासी कामदार बढी भएका मुलुकमा मेक्सिको र चीन छन् । प्रतिवेदनअनुसार एक करोड १८ लाख मेक्सिकाली र एक करोड सात लाख चिनियाँ नागरिक आप्रवासी कामदारका रूपमा छन् ।
अहिले पनि ठूलो संख्यामा नेपाली आप्रवासी कामदार विभिन्न मुलुकमा श्रम गर्दै आएका छन् । झन्डै ५० को दशकदेखि नेपालबाट वैदेशिक रोजगारीमा जानेक्रम सुरु भएको मानिन्छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*