आजको मौसम : आंशिकदेखि सामान्य बदली रहने

लोकखबर
४ पुष २०७६, शुक्रबार ०७:२५

मकवानपुर । नेपालको पश्चिमी भूभागमा पश्चिमी वायूको प्रभाव देखिएको जन तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले मध्य तथा पूर्वी तराईँका अधिकांश स्थानहरुमा हुस्सु र कुहिरो लागेको छ ।

देशको पश्चिमी र मध्य भूभाग लगायत पूर्वी पहाडी भूभागमा आज (शुक्रबार) को मौसम आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

मौसम विद्हरुका अनुसार देशको पश्चिमी भेगका उच्च पहाडी हिमाली भूभागमा हल्का हिमपात र पश्चिमी पहाडी भूभागका केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ । पश्चिमी भूभाग लगायत पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदलिको अवस्था रहेको मौसमविदको भनाई छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*