मनोरन्जन

‘कोपिला’को ट्रेलर सार्वजनिक

लोकखबर
५ पुष २०७६, शनिबार ०७:४१

मकवानपुर । मकवानपुरका पत्रकार मणिराज गौतमले निर्माण गरेको चलचित्र ‘कोपिला’को ट्रेलर सार्वजनिक गरिएको छ ।

गत वर्षको साउन ११ गते बलात्कारपछि हत्या भएको अवस्थामा भेटिएकी १४ वर्षीया बालिका निर्मला पन्तको घटनामा आधारित भनिएको फिल्म ‘कोपिला’को ट्रेलरमा त्यही घटनाको झझल्को दिने दृश्य समावेस रहेका छन् ।

ट्रेलरमा देखाइएका दृश्य, हत्या भएको लामो समय बित्दा पनि सरकारले दोषी पत्ता लगाउन नसक्नु, पीडितलाई न्याय दिलाउन नसक्नु तथा राजनीतिक र सामाजिक रूपमा देशको विषम परिस्थिति फिल्मको सारका रूपमा बुझ्न सकिन्छ ।

चलचित्रमा शिवम् अधिकारीको निर्देशन तथा लेखन रहेको छ भने गणेश गिरीको प्रस्तुति रहेको छ । चलचित्रमा सरिता गिरी, गणेश गिरी, रिद्धीचरन श्रेष्ठ, विमल पौडेल, प्रेम वर्षा खनाल लगायतको पनि अभिनय छ ।

चलचित्रकोे कार्यकारी निर्मातामा सुवास काफ्ले रहेका छन् । चलचित्रमा समिर मिया, रामेश्वर कार्की, सहनिर्माताको रुपमा रहेका छन् । चलचित्रमा सरिता,गणेश,सन्जीवनी, प्रकृती खरेल, ऋद्दिचरण श्रेष्ठ, विमल पौडेल, पुष्प आचार्य, सुशान्त श्रेष्ठ, अस्मिन घिमिरे,अस्मिता जुरेली, प्रतिक्षा खड्का, राखी क्षेत्री लगायतको अभिनय रहेको निर्माण टिमले बताएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published.


*