राउत क्षेत्री सेवा समाज मकवानुरमा टेकबहादुर

लोकखबर
५ पुष २०७६, शनिबार १५:४६

मकवानपुर । राउत क्षेत्री सेवा समाज मकवानपुरले आज हेटौंडामा पहिलो अधिवेशन गरेको छ । समाजका केन्द्रिय सदस्य महेन्द्र राउतको अध्यक्षतामा भएको अधिवेशनबाट नौ सदस्यीय राउत क्षेत्री सेवा समाज मकवानपुर गठन गरेको छ । टेकबहादुर राउतको अध्यक्षतामा गठित समाजको उपाध्यक्षमा शंकर राउत, सचिवमा कैलाश राई, सहसचिप सर्मिला राउत, कोषाध्यक्ष राजु राउत, सहकोषाध्यक्ष कुबेर राउत रहेका छन् । सदस्यहरुमा खगेन्द्र राउत, दीपक राउत र खड्गबहादुर राउत रहेका छन् । समाजका केन्द्रिय अध्यक्ष भगवानबहादुर राउत, केन्द्रिय सचिव मोहनबहादुर राउत, केन्द्रिय सदस्य इराजकुमार राउत, केन्द्रिय सल्लाहकार जीवन राउत लगायतको अधिवेशनमा आतिथ्यता रहेको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published.


*