ब्लड क्यान्सर पीडित बालकको उपचारमा सहयोग याचना

जी न्यौपाने
५ पुष २०७६, शनिबार १७:२५

मकवानपुर, ४ पुस । मकवानपुरका ब्लड क्यान्सर पीडित ४ वर्षीय बालक सुबोध आले मगर यतीखेर काठमाडौंको महाराजगञ्जस्थित कान्तिबाल अस्पतालमा उपचारार्थ छन् ।

मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नं. ३ बस्ने सन्तोष आले मगरका छोरा सुबोधलाई गत कात्तिकदेखि चेकजाँच गर्दाखेरी ब्लड क्यान्सर भएको पत्ता लागेको हो ।

उनको हेटौँडामा उपचार हुन नसकेपछि थप उपचारका लागि कान्ति बाल अस्पताल काठमाडौंमा लगिएको उनका बाबु सन्तोष आले मगरले बताए।

हेटौँडाको एतिपेन्ट्स कम्पनीमा ज्याला-मजदुरी गर्दै आएका सन्तोष छोरालाई ब्लड क्यान्सर भएपछि एतिखेर काम छोडेर छोरासँगै अस्पतालमा छन् ।

सन्तोषकी श्रीमती उर्मिला आले मगरको कुनै काम छैन । उनी सामान्य गृहिणी हुन् । एकातिर घरव्यवहार धान्न मुस्किल भएको छ भने अर्कोतिर छोराको उपचार कसरी गराउने भन्ने चिन्ता मगर दम्पती परेका छन् ।

यस्तो अवस्थामा सबैतिरबाट आर्थिक सहयोगको अपेक्षा गर्दै छोराको जीवन बचाइदिन उनले सबैलाई आग्रह गरेका छन् ।

सहयोग गर्न चाहने संघसंस्था, व्यक्ति लगायतका सम्पुर्ण निकायहरुलाई सानीमा बैंकको खाता नं. ०२५०११२८००००१२९ मा रकम जम्मा गरी सहयोग गरिदिन आग्रह गरेका छन् । साथै ९८४५१०४३४५ मा पनि सम्पर्क गरी सहयोग गर्न सकिनेछ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*