मौसम
आज दिनभर पहाडी क्षेत्रमा आंशिक बदली हुने

मकवानपुर । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज आइतबार दिनभर पहाडी क्षेत्रमा आंशिक बदली हुनेछ । बाँकी क्षेत्रको मोसम भने सामान्यतया सफा रहनेछ ।
यस्तै आइतबार राति देशको पूर्वी तथा मध्य पहाडी क्षेत्रमा आंशिक बदली हुने महाशाखाको भनाई छ । बाँकी क्षेत्रमा भने मौसम सामान्यतया सफा रहनेछ । नेपालमा अहिले उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन । तर स्थानीय वायुको प्रभावका कारण केही स्थानमा आंशिक बदलीको अवस्था भने रहेको जनाइएको छ।
विशेषगरी पहाडी क्षेत्रमा मौसम सामान्यतया सफा रहे पनि तराई भूभागमा भने हुस्सु तथा कुहिरो लागेको मौसमविदले जानकारी दिएका छन् ।