राजधानी उपत्यका बाहिरै हुन्छ : मुख्यमन्त्री पौडेल
मकवानपुर । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको स्थायी राजधानी उपत्यका बाहिर जुनसुकै ठाउँमा हुनसक्ने बताएका छन् । उपत्यका बाहिर प्रदेश राजधानी हुने बताएपनि हेटौंडा नै हुन्छ भन्नेमा मुख्यमन्त्री पौडेलले खुलाएनन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गण्डकी प्रदेशका सभामुख नेतृत्वको टोलीलाई आज मंगलबारको हेटौंडामा स्वागत गर्दै मुख्यमन्त्री पौडेलले उपत्यकामै प्रदेश ३ को राजधानी हुनुपर्छ भन्ने धारणा गलत रहेको बताए । प्रदेश राजधानी तथा नाममा सहमती बनिसकेको दाबी गर्दै मुख्यमन्त्री पौडेलले अब बस्ने बैठकमा निर्णय गरिने बताए । प्रदेशको नामाकरण र राजधानीको विषयमा सहमति भइसकेको उनको दाबी छ ।
परिपक्व निर्णयका लागि राजधानी तथा नाम टुङ्गो लगानका लागि ढिलाई भएको उनले बताए । राजधानीका विषयमा प्रदेश सरकारले समिति बनाएर अध्ययन गरिसकेकाले अब चाँडै निर्णयमा पुगिने उनले बताए ।
कर्मचारी अभावका कारण आफूहरुलाई काम गर्न समस्या भइरहेको मुख्यमन्त्री पौडेलले बताए ।