स्वास्थ्य

भीमफेदी वडा नम्बर ५ सुपिङमा स्वास्थ्य इकाई शुभारम्भ

लोकखबर
८ पुष २०७६, मंगलवार १२:१८

मकवानपुर । मकवानपुरको भीमफेदी गाँउपालिका वडा नम्बर ५, सुपिङमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरी आधारभूत सेवा सुरु गरिएको छ । स्वास्थ्य इकाईको भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले उद्घाटन गरे । उद्घाटनमा अध्यक्ष लामाले गाउँपालिकाका नागरिकहरुको स्वास्थ्यमा पहुँच पु¥याउँनका लागि स्वास्थ्य चौकी नभएको स्थानमा सामुदायिक स्वास्थ्य इकाई सन्चालनमा ल्याइएको बताए । उनले अब सामुदायिक स्वास्थ्य इकाईबाट प्राथमिक उपचार, खोप तथा गर्भजाँच लगायतका सेवा प्रवाह गरिने जानकारी दिए ।

हरेक वडामा स्वास्थ्यचौकी तथा इकाई निर्माण गरेर नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्ने गाउँपालिकाको योजना बमोजिम सामुदायिक स्वास्थ्य इकाई सुभारम्भ गरिएको जानकारी दिए । गाउँपालिकाको वडा नम्बर १, ३, ५ र ९ नम्बर वडामा सामाजिक स्वास्थ्य इकाई निर्माण गर्न ३५ लाख बजेट विनियोजन गरिएको जनाइएको छ । यी चार वटा वडा मध्ये मध्ये ३ वटा वडामा इकाई सुभारम्भ भइसकेको र अब वडा नम्बर ३ मा पनि सामुदायिक स्वास्थ्य इकाई निर्माण कार्य तत्काल गरिने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष लामाका अनुसार पालिकाभित्रका सबै नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्‍याउँनका लागि पालिकाले स्वास्थ्य इकाई स्थापना, बीमा लगायतका कार्यक्रम अघि सारेको हो ।
स्वास्थ्य इकाई शुभारम्भ कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष पार्वती राना, गाउँपालिकाका स्वास्थ्य संयोजक धु्रव लामिछाने लगायतको उपस्थिती थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*