उपाध्यक्षमा न्यौपानेको उम्मेदवारी रहने

लोकखबर
१० पुष २०७६, बिहीबार ०७:४२

मकवानपुर । हेटौंडा जेसीज वर्ष २०२० को उपाध्यक्षमा विवेक आनन्द न्यौपानेले उम्मेदवारी घोषणा गरेका छन्। ‘शासन व्यक्तिको होइन, विधिको हुनुपर्छ ’ भन्ने मान्यतामा अघि बढेको हेटौंडा जेसीजको वर्ष २०२० को चुनावी चर्चा भएसंगै उपाध्यक्षका लागि न्यौपानेले उम्मेदवारी घोषणा गरेका हुन् । जेसीजको ४१ औं वार्षिक साधारणसभा पुस १८ गते हेटौंडामा हुने तयारी गरेपछि जेसीज अभियानमा लागिपरेका न्यौपानेले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
हेटौंडा जेसीजको विभिन्न पदमा रहेर जिम्मेवारी निर्वाह गरिसकेका न्यौपानेले जेसीजको विभिन्न पदमा रहेर जिम्मेवारी पूरा गरेका कारण अब उपाध्यक्षमा रहेर काम गर्ने उत्साहका कारण उम्मेदवारी दिन लागेको बताए । ‘पवित्र सामाजिक संस्थाका रुपमा जेसीजको परिचय भएकाले पनि समाजको हितमा काम गर्न लागिपर्नेछु ।’ उनले भने,‘ पूर्व तथा निवर्तमान अध्यक्ष, अन्य अग्रज र जेसीजका सदस्यको साथ र सहयोगले जेसीजमा यहाँसम्म आइपुगेकाले अबको नेतृत्व चयनमा पनि साथ र सहयोगको अपेक्षा गरेको छु । ’
न्यौपाने सन २०१७ बाट जेसीजमा प्रवेश हुन् । उनले २०१८ मा एरिया कोअर्डिनेटर, २०१९ मा मिडिया कोअर्डिनेटर, पानीट्याङकी तथा स्टेशनरी वितरण कार्यक्रमको कोअर्डिनेटरलगायतका विभिन्न कार्यक्रममा कुशलतापूर्वक भूमिका निर्वाह गरेका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*