आजबाट हेटौंडामा वीपी कप फुटबल

मकवानपुर । मकवानपुरको हेटौंडामा आज (विहीबार) बाट बीपी कप जिल्ला स्तरीय नाइन ए साइड फुटबल प्रतियोगिता आयोजना हुदैछ ।
नेपाली काङ्ग्रेस निकट नेपाल लोकतान्त्रिक खेलकुद संघको आयोजनामा हुन गइरहेको प्रतियोगितामा काङ्ग्रेस शुभेच्छुक खेलाडीले भाग लिनेछन् । प्रतियोगिता अहिले विहान ११:३० बजे बजेपछि हेटौंडाको लोकतान्त्रिक चौरमा शुभारम्भ हुदैछ ।
प्रतियोगिताको उदघाटन खेलमा बकैया गाउँपालिका र हेटौंडा वडा नम्बर १बीच प्रतिपष्र्धा हुने आयोजकले जनाएको छ । यही पुष १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा २२ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा हेटौंडा उपमहानगरपालिकाको १५ वटा टोली र सातवटा गाउपालिकाको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले रनिङ शिल्ड सहित नगद ५० हजार रुपैयाँ, दोस्रो हुनेले २५ हजार रुपैयाँ पुरस्कार पाउने प्रतियोगिता संयोजक प्रदीप कंडेलले जानकारी दिए । विधागत उत्कृष्ट हुनेले नगद २ हजार ५ सय रुपैयाँ र प्रत्येक खेलको म्यान अफ द म्याचले नगद १ हजार रुपैयाँ पुरस्कार पाउने जनाइएको छ ।