सिस्नेरीमा सुमो दुर्घटना ४ जनाको मृत्यु, घाइते ६ जनामध्ये २ को अवस्था गम्भीर
मकवानपुर । मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका वडा नम्बर ३, सिस्नेरी, ओखर डाँडामा आज सुमो दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । चन्द्रनिगाहपुरबाट काठमाडौंतर्फ गइरहेको ना १ ज ३४३३ नम्बरको शिखरापुर सुमो आज दिउशो १२ बजेतिर दुर्घटना भएको सिस्नेरी प्रहरी चौकीका प्रहरी नायव निरीक्षक कुलानन्द झाले जानकारी दिए ।
सुमो सडकबाट करिब ४ सय मिटर तल खसेको ईन्द्रसरोबर ३ का वडा अध्यक्ष चिरञ्जीवी पौडेलले जानकारी दिए ।
दुर्घटनामा घाइते भएका ६ जनामध्ये २ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । दुर्घटनामा परी मृत्यु भएकाको सनाखत हुन बाकी जनाइएको छ ।
good job lok khabar..