नेकपा भीमफेदीको ५ र ६ नम्बर वडा कमिटीको सपथग्रहण

‘पालिकाले राम्रो गरे सहयोग, गलत गरे खबरदारी’

लोकखबर
१२ पुष २०७६, शनिबार २१:२८

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भीमफेदी गाउँपालिका वडा नम्बर ५ र ६ को आज शनिबार सपथग्रहण भएको छ ।
कार्यक्रमका प्रमुख अतिथी प्रदेश ३ का सांसद, केन्द्रिय कमिटी सदस्य तथा मकवानपुर जिल्ला सहइन्चार्ज कुमारी मोक्तान, विशेष आतिथी नेकपा केन्द्रिय कमिटि सदस्य तथा सहइन्चार्ज रामेश्वर राना, पार्टी मकवानपुर अध्यक्ष एवम् प्रदेश ३ का सांसद मुनु सिग्देल, पार्टी जिल्ला सचिवालय तथा कार्यालय सदस्य, प्रतिनिधीसभा इन्चार्ज एकालाल श्रेष्ठले पार्टीको समसायिक विषयमा जानकारी गराए । नेकपाको तीनै तहको सरकारले जनताको मन जित्ने गरी काम गरिरहेको बताउँदै जनताको चाहाना बमोजिम काम गर्न पार्टीका तर्फबाट जनप्रतिनिधी बनेकालाई सुझाव दिए ।

यस्तै,पार्टी जिल्ला सदस्य, अनेमसंघ मकवानपुर जिल्ला अध्यक्ष एवम् भीमफेदी गाउँपालिका उपाध्यक्ष पार्वती रानाले समग्र गाउँपालिकाको विकासका विषयमा जानकारी गराउदै पार्टी गाउँपालिकाको छायाँ सरकारका रुपमा प्रस्तुत हुनुपर्ने बताइन् । उनले गाउँपालिकाको कार्यमा पार्टीले अगुवाई र सहयोग गर्नुपर्नेमा जोड दिइन् । नेकपाबाट चुनाव जितेर आफ्नो जिम्मेवारी पूरा गरिरहेका जनप्रतिनिधी चुनावी घोषणापत्र अनुरुपको कार्यमा लागिपरेको उनले जानकारी दिइन् । पार्टीसंग समन्वय तथा सहकार्य गरी जनताको हित हुने काममा लागिपर्ने प्रतिबद्दता पनि उपाध्यक्ष रानाले व्यक्त गरिन् ।

कार्यक्रममा पार्टी जिल्ला सचिवालय सदस्य बद्रीबहादुर स्याङतान, जिल्ला सचिवालय सदस्य रामचन्द्र बल, पन्चमाया स्याङतान, अप्सरा लोप्चन, पार्टी गाउँकमिटी अध्यक्ष सानु थापा, सचिव दीपक गोले, नेता रन्जित राना लगायतको आतिथ्यता थियो ।
नेकपा भीमफेदी गाउँ कमिटि वडा नम्बर ६ का अध्यक्ष गोपाल शर्माको अध्यक्षतामा भएको कार्यक्रम पार्टी वडा सचिव आशिष अस्लामी मगरले कार्यक्रम संचालन गरेका थिए ।

नेकपा भीमफेदी गाउँ कमिटि अध्यक्ष सानु थापाका अनुसार भीमफेदीको वडा नम्बर ६, ७ र ९ बाहेकका वडामा पार्टीको वडा कमिटि गठन तथा सपथ ग्रहण कार्य भइसकेका छन् । पार्टीका तर्फबाट जनताको चाहाना सम्बोधन हुने गरी काम गर्नलाई गाउँपालिकालाई सुझाव दिइएको गाउँ कमिटि अध्यक्ष थापाले बताए । पार्टीको लक्ष्य अनुसार गाउँपालिकामा विकासका कार्यलाई तिब्रता दिनका लागि आफूहरु लागिपर्ने अध्यक्ष थापाले बताए । पालिकाले गरेका राम्रा कार्यलाई स्याबासी भन्दै आवश्यक सहयोग गर्ने तथा कमिकमजोरी हुन खोजे खबरदारी गर्ने पार्टी गाउँ कमिटीको सोच रहेको अध्यक्ष थापाको भनाई छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*