सडक मजदुरले पोखे यस्तो गुनासो

मकवानपुर । मकवानपुररको हेटौंडामा भेला भएका देशभरका सडक मजदुरहरुले आफूहरु सरकारको उपेक्षामा परेको गुनासो गरेका छन् ।
हेटौंडामा आयोजित नेपाल सडक मजदुर ट्रेड युनियनको छैठौ राष्ट्रिय महाधिवेशनमा भेला भएका मजदुरहरुले वृद्द उमेरसम्म सडक र नाली सफा गर्ने काममा आफूहरु लागिपरेको भएपनि सरकारका तर्फबाट जहिल्यै उपेक्षामा पारिएको उनीहरुको गुनासो छ ।
देशभरका पाँच हजार सडक मजदुरका एक सय ८ जना अगुवा प्रतिनिधि महाधिवेशनका लागि हेटौंडामा भेला भएका छन् ।
महाधिवेशन उद्घाटन समारोह युनियनका केन्द्रीय अध्यक्ष निराजन पाण्डेको अध्यक्षता तथा सडक डिभिजन कार्यालय हेटौंडाका प्रमुख सुमन योगेशको प्रमुख आतिथ्यतामा भएको हो ।
नेपाल पत्रकार महासंघ प्रदेश ३ का अध्यक्ष प्रताप विष्ठ, युनियनका क्षेत्रिय अध्यक्ष महेन्द्र श्रेष्ठ, सडक कार्यालयका इन्जिनियर नरेशप्रसाद केसरी, दीपककुमार झा, डिभीजन उपाध्यक्ष प्रकाश चौलागाई, भक्तपुर डिभीजनका सडक मजदुर विष्णुप्रसाद अधिकारी, सुर्खेत डिभिजनका मजदुर मानबहादुर शाही, सडक डिभिजन धनकुटा अन्तरगतका मजदुर तोरण मगर लगायतले आफ्नो धारणा राखेका थिए ।