सडक खाना महोत्सवमा स्थानीय परिकारको स्वाद

लोकखबर
१३ पुष २०७६, आईतवार ०७:२६

मकवानपुर । मकवानपुरको हेटौंडामा आयोजित सडक खाना महोत्सव आज आइतबार समापन हुदैछ ।

सडकमा जाऔं, सडकमा खाऔं र सडकमै रमाऔं भन्ने नारा सहित सडक खाना महोत्सव आयोजना भएको हो । शुक्रबारबाट सुरु भएको महोत्सवमा शनिबार हिजो १५ हजार जनाले अवलोकन गरेको आयोजक होटल एशोसिएसन मकवानपुरका अध्यक्ष शंकरलाल श्रेष्ठले जानकारी दिए ।

शनिबार बिदाका दिन भएकाले अवलोकनकर्ताको उल्लेख रुपमा सहभागिता रहेको थियो । गायक रन्जित परियार र चिजा तामाङको प्रस्तुतीबाट महोत्सवमा अवलोकनकर्ताले मनोरन्जन लिए ।

नयाँ वर्ष २०२० को अवसरमा आयोजित महोत्सवमा साकाहारी तथा मांसाहारी गरी विभिन्न परिकारका ४३ वटा स्टल रहेका छन् । महोत्सवमा शुक्रबार, शनिबार गरी करिब दश लाख रुपैंयाको व्यापार भएको र आज समापनका दिनसम्म करिब पन्ध्र लाख रुपैंयाको व्यापार हुने आयोजकले अपेक्षा गरेको छ । स्थानीय होटल व्यवसायको परिचयका साथै स्थानीय खाना प्रबर्धन गर्ने उद्देश्यले हेटौंडामा विगत नौ वर्षदेखि सडक खाना महोत्सव हुदै आइरहेको छ ।

महोत्सवमा विशेषगरी नेपाली खाना गुन्द्रुक ढिडो, खुवाको मःम, चिकेन पराठा, भोजपुरी खानाको परिकार तथा मासुका विभिन्न परिकार आकर्षणका रुपमा    छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*